Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अबको तीन दिन मौसम बद्ली हुने, पानी पर्ने सम्भावना कम

अबको तीन दिन मौसम बद्ली हुने, पानी पर्ने सम्भावना कम

  • बिहिवार, माघ २९ २०७७

  • 1.3K
    SHARES

  • अबको तीन दिन मौसम बद्ली हुने, पानी पर्ने सम्भावना कम

    काठमाडौं । अबको तीन दिनसम्म देशका धेरै ठाउँमा मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । 

    पश्चिमी वायुको प्रभावले मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने मौसमविद्हरुले बताएका छन् ।

    अस्ति बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदै वायु प्रवेश गरेको मौसमी प्रणालीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिजो सामान्य पानी र हिउँ परे पनि अब वर्षाको सम्भावना कम रहेको मौसमविद्हरुले बताए ।

    देशका धेरै ठाउँको मौसम बद्ली हुने हुँदा तत्काल तापक्रम नबढ्ने पनि बताइएको छ। आज दिउँसोपछि काठमाडौंसहित देशका धेरै ठाउँहरुमा दिनभरिजसो नै बादल लाग्ने सम्भावना छ ।

    पानी नपरे पनि बादल लाग्दा चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्को आग्रह छ ।


    बिहिवार, माघ २९ २०७७०८:४८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij