Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

१३४ जना कोरोना संक्रमित थपिए

१३४ जना कोरोना संक्रमित थपिए

  • बुधवार, माघ २८ २०७७

  • 622
    SHARES

  • १३४ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ।

    काठमाडौँ उपत्यकामा बुधबार थप ६५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मनत्रालयका अनुसार काठमाडौँका ५५, ललितपुरका ४ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार बुधबार ११८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको छ।

    गत चौबिस घन्टामा ३ हजार ५ सय ६७ पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन।

    यसैगरी देशभर हालसम्म ७२ जनाको आईसियुमा तथा १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


    बुधवार, माघ २८ २०७७०५:४१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij