Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने, ‘चुनावको तयारी सन्तोषजनक लाग्यो’ (चार तस्बिरसहित)

निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने, ‘चुनावको तयारी सन्तोषजनक लाग्यो’ (चार तस्बिरसहित)

  • मंगलवार, माघ २७ २०७७

  • 1.0K
    SHARES

  • निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने,  ‘चुनावको तयारी सन्तोषजनक लाग्यो’ (चार तस्बिरसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । आज निर्वाचन आयोग पुग्नुभएका प्रधानमन्त्री ओलीले आयोगसँगको छलफलमा आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीलाई निरन्तरता दिन सुझाव दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    oli in election commision (2).jpg

    ‘प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह निर्वाचन आयोगमा जानु भई आगामी निर्वाचनको तयारीबारे जानकारी लिनुभयो । उक्त अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारी जानकारी गराउनुभयो’, उहाँले ट्विट गर्दै भन्नुभएको छ, ‘प्रधानमन्त्रीज्यूले तयारी कार्यहरू सन्तोषजनक रहेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।’

    प्रधानमन्त्री ओली दलबलसहित निर्वाचन आयोग पुग्नुभएको थियो । उहाँको साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतका मन्त्री र नेताहरु पनि थिए ।

    oli in election commision (3).jpg

    त्यस्तै, आयोगसँगको छलफलपछि प्रतिक्रिया दिँदै सल्लाहकार थापाले सुरक्षा बस्दोबस्ती, बजेटलगायतका निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओली आयोग पुग्नुभएको बताउनुभयो । नेकपा विवादले विषयमा प्रधानमन्त्री र आयुक्तहरूबीच कुनै पनि छलफलन नभएको सल्लाहकार थापाले जानकारी गराउनुभयो ।

    ‘नेकपा विवादका सन्दर्भमा सामान्य कुरा उठे पनि निर्वाचनको सन्दर्भमा छलफल केन्द्रीत भएको छ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले कानून र हिजोका अभ्यासको विषयमा जानकारी राख्नुभएको छ ।’

    oli in election commision (4).jpg

    नेकपा विवादकाबीच प्रधानमन्त्री ओली निर्वाचन आयोग पुग्नुलाई अर्थपूर्ण रूपले हेरिएको छ । उहाँले आयोगलाई प्रभाव पार्न खोजेको विश्लेषकहरुको बुझाइ छ । 

    तस्बिरहरु : सूर्य थापाको ट्विटरबाट !

     


    मंगलवार, माघ २७ २०७७०२:२०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij