काठमाडौँ – बैतडीमा बिहीबार मृत फेला परेकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ।
जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तम सुवेदीले जानकारी दिनुभयो ।
उनले सामूहिक बलात्कार हो वा होइन भन्नेबारे थप परीक्षण भइरहेको जानकारी दिनुभयो ।