काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहनिकट राष्ट्रिय युवा संगठनको केन्द्रीय कमिटी बैठक जारी छ ।
विभाजित युवा संगठनको दोस्रो बैठक हिजोदेखि सुरु भएको र पछिल्लो अवस्थाबारे छलफल भइरहेको केन्द्रीय सदस्य प्रभातविक्रम कटवालले जानकारी दिनुभएको छ । बैठक ललितपुरको तुलसीलाल स्मृति भवनमा जारी छ ।
सत्तारुढ नेकपा विवादका कारण दुई चिरमा विभाजन भएसँगै नेकपाका भातृ संघ संगठनहरु पनि छुट्टा-छुट्टै बैठक तथा भेला आयोजना गर्न थालेका छन् ।