काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहको विद्यार्थी संगठन, अनेरास्ववियूले आज बालुवाटार घेराउ गर्ने भएको छ ।
राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि आज दिउँसो २ बजे बालुवाटार घेराउ गर्न लागिएको अनेरास्ववियूले जनाएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र समेत बुझाइने अनेरास्ववियूकी नेता आरती लामाले बताउनुभयो ।
भाटभटेनीमा जम्मा भएर प्रधानमन्त्री निवास बालुवाटारतिर अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।