Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद

ओली नाटककार हुन्, राज्य सत्ताको दुरुपयोग गरे : ज्ञवाली

ओली नाटककार हुन्, राज्य सत्ताको दुरुपयोग गरे : ज्ञवाली

“ओली समूहको जनसभा एकदम सानो सभा मात्रै”
  • शनिवार, माघ २४ २०७७

  • 1.0K
    SHARES

  • ओली नाटककार हुन्, राज्य सत्ताको दुरुपयोग गरे : ज्ञवाली

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता युवराज ज्ञवलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाटककारको संज्ञा दिनुभएको छ ।

    प्रधानमन्त्रीले राज्य सत्ताको दुरुपयोग गरेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री ओलीलाई नाटककारको संज्ञा दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवलीले भन्नुभयो,“ प्रधानमन्त्री पार्टी सञ्चालन, लोकतन्त्रको रक्षा, विकास गर्न नसक्ने नाटककार हो, प्रधानमन्त्रीले जति गफ लागाए पनि दाहाल–नेपाल समूहले माघ ९ गते राजधानीमा गरेको भन्दा शुक्रबार ओली समूहले आयोजना गरेको जनसभा एकदमै सानो सभा हो, ।”

    ओली समूहले कुनै पनि हालतमा आधिकारीकता नपाउने उहाँले बताउनुभएको छ । संसदले जन्माएको प्रधानमन्त्रीले नै संसदलाई मारेको आरोप नेता ज्ञवालीको छ ।

    प्रधानमन्त्री स्वयच्छाचारी भएको बताउँदै उहाँले समयानुसार पानीको फोका जस्तै फुट्ने बताउनुभयो । प्रधानमन्त्री र गुटका मान्छे मात्रै धनी भएको तर जनता अझै भोकै रहेको नेता ज्ञवालीले बताउनुभयो ।

    निरन्तररुपमा संविधान मिचिएको बताउँदै अब सबै राजनीतिक दल एक भएर संयुक्त रुपमा अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

     


    शनिवार, माघ २४ २०७७०६:४८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij