Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

२३ गते हिन्दूराष्ट्र घोषणा हुने सम्भानाबारे के भने ओलीनिकट नेताले ?

२३ गते हिन्दूराष्ट्र घोषणा हुने सम्भानाबारे के भने ओलीनिकट नेताले ?

  • बुधवार, माघ २१ २०७७

  • 2.4K
    SHARES

  • २३ गते हिन्दूराष्ट्र घोषणा हुने सम्भानाबारे के भने ओलीनिकट नेताले ?

    काठमाडौं । नेकपा ओली समूहका नेता आनन्दप्रसाद पोखरेलले आगामी माघ २३ गते हिन्दूराष्ट्र घोषणा हुने हल्ला सत्य नभएको बताउनुभएको छ । नेकपा बाग्मती प्रदेश कमिटीका अध्यक्षसमेत रहेका पोखरेलले हालै एउटा अनलाइन टेलिभिजनमा अन्तरवार्ता दिँदै यस्तो बताउनुभएको हो ।

    ‘सो दिन (माघ २३) हिन्दूराष्ट्र गर्ने सम्भावना बिल्कुलै छैन, त्यो हल्ला झुट मात्रै होइन असम्भव कुरा पनि हो’, उहाँले स्पष्ट पार्नुभयो ।

    माघ २३ गते नारायणहिटी दरबार संग्रहालय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दूराष्ट्र घोषणा गर्ने हल्ला चलिरहेका वेला नेता पोखरेलले यस्तो स्पष्टोक्ति दिनुभएको हो । आफूहरुको दुई लाख मानिस अटाउने योजना अनुरुप नारायणहिटी अगाडिको क्षेत्र रोजिएको उहाँको भनाइ थियो ।

    aananda.PNG

    ‘हामीले गुगल सर्च गर्दा दुई लाख मानिस अटाउने ठाउँ काठमाडौंमा यही ठाउँ मात्र उपर्युक्त भेटौं, त्यसेले यसलाई लोकसनका रुपमा रोजिएको हो, उहाँले भन्नुभयो ।

    प्रधानमन्त्री ओली हिजो निरंकुश राजतन्त्र र पञ्चायतविरुद्ध लामो समय जेल बसेको दृष्टान्त दिँदै पोखरेलले उहाँबाट प्रतिगमनको खतरा देख्नु केवल पूर्वाग्रैह मात्र रहेको बताउनुभयो ।

    संसद् विघटनपछि जनतामा छरिएको भ्रमबाट उनीहरुलाई मुक्त गर्न र निर्वाचनको तयारीको सन्देश दिन आमसभा गर्न लागिएको उहाँको भनाइ छ ।

     


    बुधवार, माघ २१ २०७७१२:२१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij