काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले सञ्चालन गरेको अनलाइन रुपान्तरण डटकम ह्याक भएको छ । अनलाइन कसले ह्याक गरेको भन्ने पत्ता नलागेको स्वयम् पत्रकार नेपालले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत अनलाइन ह्याक भएको जानकारी दिँदै पत्रकार नेपालले ‘साइबर सेना’ नाम गरेको ओली समूहको नेकपाका कार्यकर्ताले आफ्नो अनलाइन ह्याक गरेको हुनसक्ने आशंका गर्नुभएको छ ।
‘मैले संचालन गरिरहेको रूपान्तरण डटकम एक सातादेखि ह्याकरको फन्दामा परेकोछ’, यसलाई बहुचर्चित साइबर सेनाले ह्याक गरेको हो कि होइन पत्तो लागेको छैन ।’
पत्रकार नेपालले साइटको निरन्तरताका लागि आफूहरु जुटेको भए पनि हालसम्म सफल हुन नसकेको बताउनुभएको छ ।
‘रूपान्तरणका सहयोगी साथीहरू रारा सफ्टवेयर र नेपाल लिंकसंग साइटका बारे निरन्तर सम्पर्कमा छन् । यसबाट हाम्रा आदरणीय पाठक, शुभेच्छुक, बिज्ञापनदाता र सहयोगीहरूमा पर्न गएको अप्ठेरोका लागि क्षमाप्रार्थी छु’, उहाँले लेख्नुभएको छ, ‘हामी साइटको निरन्तरताका लागि जुटेका छाँै ।’
