Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा, गरे पार्टी आधिकारिकता दाबी (तीन तस्बिरसहित) !

प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा, गरे पार्टी आधिकारिकता दाबी (तीन तस्बिरसहित) !

  • मंगलवार, माघ २० २०७७

  • 1.8K
    SHARES

  • प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा, गरे पार्टी आधिकारिकता दाबी (तीन तस्बिरसहित) !

    काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले निर्वाचन आयोगमा दलको आधिकारिकताको लागि दाबी पेस गरेको छ ।

    आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेता स्वयम् उपस्थित भएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गरेका हुन् ।

    145121633_5780782008614484_3001921103967171619_n.jpg

    दाबी पेस गरिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै दलका वरिष्ठ नेता खनालले २ वटा केन्द्रीय कमिटीको बैठकबाट आफूहरूसँग बहुमत रहेको भन्ने प्रमाणित भइसकेकोले आवश्यक कागजातसहित दाबी पेस गरेको जानकारी दिनुभयो ।

    यसअघि, सोमबार बसेको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो ।

    144989313_5780781948614490_9136945984250510282_n.jpg

    प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित छ । निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएको छ ।

    तस्बिरहरु : प्रचण्ड–माधव समूहका विद्यार्थी नेता सुरेन्द्र बस्नेतको फेसबुकबाट !


    मंगलवार, माघ २० २०७७११:२८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij