काठमाडौं । रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले नेपाली समाज सत्यतथ्यभन्दा हौवाको पछि दौडिरहेको बताउनुभएको छ । स्थानीय तहमा भ्रष्टाचार बढ्यो भन्ने कुरामा सत्यता नरहेको दाबी गर्दै केहीले हौवा फैलाएको र जनता त्यसैको पछि लागेको उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्र ‘स्थानीय सरकार’मा प्रमुख बरालले भन्नुभयो, ‘नेपाली समाज सत्यतथ्यभन्दा बढी हौवाको पछि दौडिरहेको छ । सबै नै सही छन् भन्ने त होइन, तर केहीले हौवा फैलाउँदा सबै समाज त्यसैको पछि लागेको देखिन्छ । म स्थानीय तहमा भ्रष्टाचारको केन्द्रविन्दु भयो भन्ने कुरा नै पूरै राखेज गर्न चाहन्छु ।’
सबै निकायमा भइरहेको भ्रष्टाचारको दोष पनि अहिले स्थानीय तहलाई नै दिने गरिएको भन्दै बरालले गुनासो गर्नुभयो । साथै उहाँले निर्वाचनका बेला जनतासमक्ष आफूहरुले गरेको प्रतिवद्धता समेत करिब ६० प्रतिशत पूरा गरेको दाबी गर्नुभयो । मुलुक संघीय संरचनामा जानुअघिको वर्षौंको विकास–निर्माणका कामभन्दा अहिले आफूहरु निर्वाचित भइसकेपछिको तीन वर्षमा दशौं गुणा बढी काम भएको नगर प्रमुख बरालले बताउनुभयो ।
नगर प्रमुख बरालसँग गरिएको कुराकानी सुन्नुहोस्