Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोनाको नयाँ रेकर्डः २३ हजारको मृत्यु, आठ लाख ७८ हजार बढी संक्रमित

भारतमा कोरोनाको नयाँ रेकर्डः २३ हजारको मृत्यु, आठ लाख ७८ हजार बढी संक्रमित

  • सोमवार, आषाढ २९ २०७७

  • 572
    SHARES

  • भारतमा कोरोनाको नयाँ रेकर्डः २३ हजारको मृत्यु, आठ लाख ७८ हजार बढी संक्रमित

    काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २३ हजार १७४ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण पाँच सय जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ७८ हजार २५४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २८ हजार ७०१ नयाँ संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही दिनयता एकैदिन थपिएका कोरोना संक्रमितको संख्याले निरन्तर नयाँ रेकर्ड राख्दै आएको छ ।


    सोमवार, आषाढ २९ २०७७११:११:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij