Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विपीको ‘आत्मवृतान्त’ अब जापानीज भाषामा !

विपीको ‘आत्मवृतान्त’ अब जापानीज भाषामा !

  • शुक्रवार, माघ १६ २०७७

  • 2.1K
    SHARES

  • विपीको ‘आत्मवृतान्त’ अब जापानीज भाषामा !

    काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानीज भाषामा प्रकाशित हुने भएको छ ।

    विपी विचार राष्ट्रिय समाज, जापानले कोइरालाको कृति आत्मवृतान्तलाई जापानीज भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्ने भएको हो ।

    bp.jpg

    राष्ट्रिय समाज, जापानले विपीको आत्मावृत्तान्त जापानीज भाषामा अनुवाद गरी विश्वसामु उहाँको विचारलाई अझ चिनाउने निर्णय गरेको थियो ।

    सोहीअनुरुप विपी विचार राष्ट्रिय समाज, नेपालको संस्थापक केन्द्रीय सदस्य लोकेश ढकाललाई ‘आत्मवृतान्त प्रकाशन समन्वय समिति’का संयोजक तोकी, कृति प्रकाशन र कपि राइट स्वीकृतिलगायतका काममा नेपालको तर्फबाट आवश्यक सहयोग एवम् समन्वय गर्नेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो ।

     


    शुक्रवार, माघ १६ २०७७०२:२९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij