Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार निर्मूल पार्न कार्यपालिका नै उदासिन छ : पूर्वगृहसचिव रेग्मी

भ्रष्टाचार निर्मूल पार्न कार्यपालिका नै उदासिन छ : पूर्वगृहसचिव रेग्मी

  • शुक्रवार, माघ १६ २०७७

  • 999
    SHARES

  • भ्रष्टाचार निर्मूल पार्न कार्यपालिका नै उदासिन छ : पूर्वगृहसचिव रेग्मी

    काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक समाज संगठन ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १ सय १७ औं स्थानमा रहेको बताएको छ ।

    ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्याङ्कअनुसार दक्षिण एसियाली देशमध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचिमा नेपाल चौथो नम्बरमा परेको छ । सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचिमा पहिलो नम्बरमा अफगानिस्तान, दोस्रोमा भुटान र तेस्रोमा पाकिस्तान र चौथो नम्बरमा नेपाल परेको अध्ययनले देखाएको छ ।

    ट्रान्सपरेन्सी इन्टरनेशलले संसारभर एकसाथ भ्रष्टाचार अवधारणामा निकालेको सूचकांकमा १०० अंकले अति स्वच्छ र शुन्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंक प्राप्त गरेको छ ।

    यसै विषयमा नेपालका पूर्व गृहसचिव खेमराज रेग्मीले मुलुकमा भ्रष्टाचार निर्मूल गर्न कार्यपालिका नै उदासिन रहेकोले भ्रष्टाचार मौलाएको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा रेग्मीले भन्नुभयो “स्वतन्त्ररुपबाट गरिएको निरिक्षणमा प्रधानमन्त्री, मन्त्रीपरिषद्को कार्यालय, मन्त्रीका सुरक्षाकर्मी सबैमा भ्रष्टाचार देखिएको छ, आयल निगम, जग्गा प्रकरणमा भ्रष्टाचारमा मुछिएकाहरुको फाइल नै बन्द भएको छ, वाइडबडी खरिद प्रकरण, ओम्नी प्रकरणमा भएको भ्रष्टाचारमाथि खोई कारवाही भएको ? प्रधानमन्त्री आफूपनि भ्रष्टाचार नगर्ने अरुलाई पनि गर्न नदिने भन्नुहुन्छ ,बोली र भाषणले मात्रै भ्रष्टचार निर्मूल हुन्छ ।”

    उहाँले राज्य सञ्चालनको प्रमुख स्रोत नै भ्रष्टाचारको मुख्य कारण भएको टिप्पणी गर्नुभयो । सानो तिनो भ्रष्टाचार गर्नेलाई कारवाही गर्नु भन्दा सत्ताबाट नै कारवाहीको सुरुवात गरेमा भ्रष्टाचार निर्मूल हुनेमा पूर्व गृहसचिव रेग्मीले विश्वास व्यक्त गर्नुभयो ।


    शुक्रवार, माघ १६ २०७७०८:२३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij