Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टी फुट्नुमा दुवै पक्षलाई दोषी देखाउन मिल्दैँन : नेता गुरुङ

पार्टी फुट्नुमा दुवै पक्षलाई दोषी देखाउन मिल्दैँन : नेता गुरुङ

  • बिहिवार, माघ १५ २०७७

  • 1.1K
    SHARES

  • पार्टी फुट्नुमा दुवै पक्षलाई दोषी देखाउन मिल्दैँन :  नेता गुरुङ

    काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले अहिलेको स्थितिको सिर्जना हुुनुमा नेकपाका दुवै पक्षको दोष देखाउनु आफैमा दोषी दृष्टी भएको टिप्पणी गर्नु भएको छ ।

    नेपाली रेडियो नेटर्वको नेपाली बहसमा नेता गुरुङले भन्नुभयो “संविधानमाथि घात गर्ने प्रधानमन्त्री, अनि संविधान रक्षा गर्नु पर्छ भनेर लाग्ने हामीलाई प्रधानमन्त्रीसंग दाज्न मिल्छ ?, उहाँले हामी दुवै समूहलाई दोषि भन्नु नै सबै भन्दा ठूलो दोष हो ।”

    नेता गरुङले निर्वाचन गर्न प्रतिनिधि सभा विघटन नगरेको बताउदै प्रधानमन्त्रीले देशलाई निरङकुस शासन प्रणाली तिर लैजान खोजेको आरोप लगाउनु भयो ।

    संसंद पुनस्र्र्थापनाको विकल्प नभएको उहाँको भनाई छ । गुरुङले संविधान अनुसार आफूहरु निर्वाचनका लागी नडराएको तर प्रधानमन्त्रीको कुबाटोलाई साथ नदिने स्पष्ट पार्नुभयो ।

    “कसैले ताजा जनादेशमा जाने भन्दैमा संविधानको मर्म विपरित जान मिल्दैन, यस्तो अधिकार प्रधानमन्त्रीलाई छैन, प्रधानमन्त्रीले विधिको दुरुपयोग गरेको हो, मन लागे विघटन गर्ने मन नलागे नगर्ने भन्ने हुदैन, मनोमानीमा संसद चल्दैन” नेता गुरुङलेले भन्नुभयो ।

    सबै राजनितिक दलहरुको धारणा एक भएको बताउदै कुनै पनि पार्टीमा आफूले अन्तर विरोध आफूले नदेखेको उहाँले दावी गर्नुभयो ।


    बिहिवार, माघ १५ २०७७०९:११:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij