Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images
कोरोनाविरुद्धको खोप अभियान

कोरोनाविरुद्धको खोप अभियान सुरु : पहिलो खोप डा.राजभण्डारीलाई

कोरोनाविरुद्धको खोप अभियान सुरु : पहिलो खोप डा.राजभण्डारीलाई

ढुक्क भएर खोप लगाउन डा. राजभण्डारीको अह्वान
  • बुधवार, माघ १४ २०७७

  • 839
    SHARES

  • कोरोनाविरुद्धको खोप अभियान सुरु : पहिलो खोप डा.राजभण्डारीलाई

    काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गर्नुभएको छ ।

    अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले लगाउनुभएको छ ।

    कोरोनाविरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले सुरुमै खोप लगाएको उहाँको भनाइ छ । उहाँसँगै डा‍.अनुप बाँस्तोला र डा.रुना झाले पनि कोरोना खोप लगाउनु भएको छ । यससँगै देशैभर कोरोना खोप अभियान सुरु भएको छ ।

    काठमाडौं उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट कोरोना खोप दिइने छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।

    शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सफाइकर्मी गरी २६४ जनाले बुधबार खोप लगाउँदै छन् ।

    यही अस्पतालमा रहने खोप केन्द्रमा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका स्वास्थ्यकर्मी, काठमाडौं अस्पताल, ब्लुक्रस, राजधानी अस्पतालका २ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई पनि खोप दिइने छ ।

    काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलो दिन नै ३ सय जना स्वास्थ्यकर्मीले खोप लगाउने भएका छन् । यहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला नेत्र अध्ययन केन्द्रका ३ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीले पनि खोप लगाउने छन् ।

    कान्ति बाल अस्पताल, चिरायु अस्पताल र ईशान बाल अस्पतालका स्वास्थ्यकर्मीले पनि टिचिङ अस्पतालमै खोप लगाउने गरी केन्द्र निर्धारण गरिएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ५ सयभन्दा बढीले खोप लगाउँदै छन् । पहिलो चरणमा कुल ४ लाख ३० हजारलाई खोप दिने तयारी छ ।


    बुधवार, माघ १४ २०७७१०:३२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij