Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images
कोरोनाविरुद्धको खोप अभियान

नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजदेखि

नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजदेखि

नडराउन स्वास्थ्य मन्त्रालयको अह्वान
  • बुधवार, माघ १४ २०७७

  • 807
    SHARES

  • नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजदेखि

    काठमाडौं ।  कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदै छ ।

    काठमाडौं उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्नुहुने छ । पहिलो चरणमा फ्रन्टलाईनमा खटिएर काम गर्नेहरुलाई खोप दिइने छ ।

    यसैबिच, नेपालमा लगाउन थालिएको खोप अहिले सम्म पत्ता लागेको खोप मध्ये सबै भन्दा सुरक्षित भएकाले नडराउन स्वास्थ्य मन्त्रालयले सबैलाई अह्वान गरेको छ ।

    बेलायतको अक्सफोर्ड विश्वविद्यालय, बेलायतकै खोप निर्माण कम्पनी एष्ट्रजेनिका र भारतको सेरम कम्पनीले बनाएको ‘कोभिशिल्ड’ खोप एकदमै सुरक्षित, सामान्य समस्या हुन सक्ने भए पनि ठूलो असर नपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “यो खोप दुई पटक लगाउ पर्छ, नेपालमा अहिले एक महिनाको फरकमा लगाउँछौँ, यो १८ बर्ष भन्दा कम उमेरका केटाकेटी, गर्भवती, बच्चालाई दुध ख्वाइरहेका आमाहरुलाई लगाउन मिल्दैन, यो खोपको प्रभावकारीता ७० देखि ८० प्रतिशत सम्म रहेको छ ।”

    आज कोभिड–१९ विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउनुहुने भएको छ ।

    खोपप्रति धेरैमा आशङ्कासमेत रहेकोले खोप सुरक्षित रहेको सन्देश दिन आफूले पहिलो खोप लगाउन लागेको डा.भण्डारीले बताउनुभयो ।

    उहाँले नेपाली रेडियो नेटवर्कसंग भन्नुभयो, “खोपले कुनै असर पो गर्छ कि भन्ने डर अहिले सामान्य नागरिकसँगै कतिपय स्वास्थ्यकर्मीहरूमा पनि छ, यस्तो बेलामा यो खोप सुरक्षित छ भन्ने सन्देश दिनु आवश्यक छ, त्यसैले मैलै पहिलो खोप लगाउने निर्णय गरेको हुँ, आज हाम्रो अस्पतालमा ३ सय जनाले खोप लगाउदै छौँ, यो भारतमा उत्पादन भएपनि यसले कुनै प्रकारको ठूूलो असर भने गर्दैन ।”

    खोपले संक्रमण दरलाई मात्रै कम बनाउने बताउदैे उहाँले जनता अझै सुरक्षित रहनुपर्नेमा जोड दिनुभयो । नेपालमा दोस्रो चरणमा कोरोना भाइरस प्रबेश नगरेको भए पनि अहिले भइरहेकोे हेलचक्रायाँईको कारण दोस्रो चरण नआउला भन्न नसकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. राजभण्डारीले बताउनुभयो । 

    भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने छ ।



    बुधवार, माघ १४ २०७७०९:२९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij