Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आयोगको निर्णयबारे नेकपाका दुवै समूहको आफूखुशी व्याख्या, अब के होला?

आयोगको निर्णयबारे नेकपाका दुवै समूहको आफूखुशी व्याख्या, अब के होला?

  • सोमवार, माघ १२ २०७७

  • 1.1K
    SHARES

  • आयोगको निर्णयबारे नेकपाका दुवै समूहको आफूखुशी व्याख्या, अब के होला?

    काठमाडौँ – आधिकारिकताका लागि दुवै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयले नेपाल कम्युनिष्ट पार्टी नेकपाको आगामी राजनीति थप अन्यौलमा परेको छ । तर आयोगको यो निर्णयको आफूखुशी व्याख्या गर्दै दुवै समूहका नेताहरुले उत्साहप्रद प्रतिक्रिया दिएका छन् ।

    आयोगले पार्टी एकतापछि बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको भन्दै आफूहरुले आधिकारिकता पाउनेमा प्रचण्ड नेपाल समूह थप विश्वस्त बनेको छ ।

    तर महासचिव र प्रथम अध्यक्ष भएको पार्टी नै आधिकारिक रहेको स्पष्ट सन्देश आयोगको निर्णयलले दिएको ओली समूहका नेताहरुको दाबी छ ।

    प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले स्वीकार गरेको ४४१ सदस्यीय केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेकोले आधिकारिकता आफूहरुले पाउने स्पष्ट भएको बताउनुभयो ।

    निर्वाचन आयोगले हाल आफूलाई अध्यक्ष नमाने पनि केही फरक नपर्ने बताउँदै उहाँले घुमिफिरी अध्यक्ष बन्ने मौका आफ्नै थाप्लोमा आउने बताउँदै केपी ओली भने समाप्त भइसकेको दाबी गर्नुभयो ।

    यता नेकपाको ओली समूहले पनि निवार्चन आयोगको पछिल्लो निर्णय स्वागतयोग्य रहेको बताएको छ । ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले आफूहरुले भनेका धेरै कुराहरुलाई निर्वाचन आयोगले सहमति दिएको पाइएको बताउनुभयो ।

    दुईवटा अध्यक्ष र महासचिव सहमतिका साथ अगाडि बढ्नुपर्छ भन्ने कुरामा आयोगले प्रष्ट निर्णय दिएको उहाँले दाबी गर्नुभयो । प्रथम अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हुने सन्देश आयोगको निर्णयमा रहेको नेम्वाङको दाबी छ । आयोगको निर्णयमा यसअघिको बहुमत र अल्पमतको कुनै विषय उल्लेख नरहेको उहाँले बताउनुभयो ।

    नेकपा विभाजनबारे हाललाई कुनै निर्णय नगर्ने निर्णय निर्वाचन आयोगले गरेको अर्थमा पनि धेरैले टिप्पणी गरेका छन् । पर्याप्त आधार र प्रमाण हुँदा हुँदै पनि केपी ओलीको मुख हेरेर आफूहरुलाई आधिकारिकता दिन आयोग डराएको प्रचण्ड–नेपाल समूहका नेताहरुको आरोप छ । तर विभाजन चाहने हो भने प्रष्ट ढंगले विधिसम्वत रुपमा कागजातहरु लिएर आउन निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विभाजनका लागि आवश्यक प्रबन्ध भएकोले सोही बमोजिम आउन आग्रह गर्नुभयो ।

    पार्टीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने निर्णय लिएपछि नेकपामा चिरा परेको हो । तर दुवै समूहले विभाजनको कानुनी प्रक्रिया थालेका छैनन् । ओलीले प्रतिगामी कदमविरुद्ध सडकमा दिनहुँ भइरहेका पदर्शनमा प्रहरीले दमन सुरु गरेको छ ।

    आज नागरिक अगुवाहरुको बालुवाटार मार्च पासमा पनि प्रहरीले व्यापक दमन गरेको छ । प्रदर्शनमा सहभागी भएका नागरिक अगुवा नारायण वाग्लेले अब तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गर्नुभयो ।

    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको विरोध गर्दै बालुवाटार घेराउ गर्न पुगेका नागरिक अगुवाको समूहमाथि प्रहरीले ब्यापक बल प्रयोग गरेको हो । बालुवाटार घेर्न जाने क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको थियो ।

    प्रदर्शनकारीहरुले कमलपोखरीको माटो लगाएर ¥याली सुरु गरेका थिए । सुरक्षा घेरा तोडेर अघि बढ्न खोजेपछि लाठीचार्ज गर्नुपरेको प्रहरीले जनाएको छ ।


    सोमवार, माघ १२ २०७७०८:१४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij