Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली कहिल्यै एमाले थिएनन् : नेपाल !

ओली कहिल्यै एमाले थिएनन् : नेपाल !

  • शुक्रवार, माघ ९ २०७७

  • 860
    SHARES

  • ओली कहिल्यै एमाले थिएनन् : नेपाल !

    काठमाडौं ।  पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिल्यै एमाले नभएको आरोप लगाउनुभएको छ ।

    सुर्खेतमा शुक्रबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले एमालेका निम्ति कहिल्यै पनि त्याग र समपर्ण नगरेको र उहाँ एमाले संस्थापन पक्ष पनि नभएको बताउनुभएको छ ।

    प्रधानमन्त्री ओली कहिल्यै पनि नेकपा एमाले नभएको अध्यक्ष नेपालले बताउनुभयो । ‘उहाँ कहिले एमाले हुनुभयो ? जनताको बहुदलीय जनवाद कहिले मान्नुभयो ? जबजको कुरा अहिले गर्नुहुन्छ । पार्टी एकताको बेला जबज सिन्द्धात आफै नमान्ने भनेर हस्ताक्षर गर्नु भएको उहाँले नै हैन् ?’ उहाँले भन्नुभयो,‘त्यसैले बहुमत सदस्य हामीसँग छ । सुर्य चिन्ह र पार्टी नाम पनि हाम्रै पक्षमा आउनेछ । उहाँले सुर्य चिन्ह पार्टी कहिल्यै पाउनु हुन्न ।’

    सत्ता र शक्तिको उन्मादका कारणले देशमा संकट नित्याएको अध्यक्ष नेपालले बताउनुभएको छ । प्रधानमन्त्री ओली पार्टीको अध्यक्ष, प्रधानमन्त्री दुवै आफैँ भएका कारणले मैले जे गरे सही गरे, आफुले जे ठानेको छु त्यो नै सही हो भनेर पार्टी निर्णय विपरित एकलौटी सरकार र पार्टी चलाउन खोजेको अध्यक्ष नेपालले बताउनुभयो ।

    ‘प्रधानमन्त्री ओलीले आफुले गरेको सबै काम सही हो भन्न थालेँ । त्यो कुरा जनता र पार्टीले पत्याएन ’ उहाँले भन्नुभयो,‘एउटा गुटको पछि लागेर उहाँमा सत्ताको उन्माद बढ्यो र अहिलेको संकट आयो ।’

    प्रधानमन्त्री ओलीले जनताका समस्याभन्दा पनि पहिलो आफ्नो गुटको भलो चिताउने काम गरेको अध्यक्ष नेपालले बताउनुभयो ।

    ‘उहाँले सरकारले बजेट ल्याउदा पनि पार्टीमा सल्लाह गर्नुभएन् । त्यही विरोध भयो । उहाँले विकासका कुरा गर्नुभयो काम गर्नुभएन् । त्यो कुरा जनताले पत्याएनन् ।’ उहाँले भन्नुभयो,‘निरोले रोम जलिरहेको बेला बासुरी बजाए झैँ अरु केही गर्नुभएन । देश महामारीको संकटमा रहेको बेला पनि उहाँ देश र जनताकोभन्दा आफ्नो गुटको भलो चिताउन भ्रष्टाचारमा व्यस्त रहनुभयो ।’


    शुक्रवार, माघ ९ २०७७११:०७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij