Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाले प्रभावित अर्थतन्त्र उकास्न ६ खर्ब बढी रकम आवश्यक

कोरोनाले प्रभावित अर्थतन्त्र उकास्न ६ खर्ब बढी रकम आवश्यक

  • बुधवार, माघ ७ २०७७

  • 897
    SHARES

  • कोरोनाले प्रभावित अर्थतन्त्र उकास्न ६ खर्ब बढी रकम आवश्यक

    काठमाडौं । कोरोनाले प्रभावित अर्थतन्त्रलाई उकास्न ६ खर्ब ६५ अर्ब आवश्यक पर्ने देखिएको छ ।

    राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार महामारीका कारण नेपालको अर्थतन्त्रमा ३ खर्ब २२ अर्बको उत्पादनमा क्षति पुगेको र त्यसलाई उकास्न सो बराबरको लागत आवश्यक पर्ने देखिएको हो ।

    कोरोनाले नेपाली अर्थतन्त्रमा पारेको क्षति वार्षिक उत्पादनको वृद्धिदरलाई आधार मान्दा १ खर्ब ६६ अर्ब हो । अध्ययन अनुसार समग्र क्षतिले गर्दा २०७६–७७ मा आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमा सीमित भएको देखिन्छ ।

    केन्द्रीय तथ्यांक विभागले गएको वर्षको वृद्धिदर २ दशमलव २७ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान गरेको थियो । आयोगको अध्ययनले भने वृद्धिदर घट्ने अनुमान गरेको छ ।

    महामारीका कारण आर्थिक गतिविधि सुस्त भएको, उत्पादन घटेको तथा रोजगारी संकुचित भएको आयोगको निष्कर्ष छ । यी सबै सूचकलाई पहिलेकै अवस्थामा ल्याउन विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्नुपर्ने बताइएको छ ।

    आयोगले संक्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास तथा अवलम्बन र आत्मनिर्भरता अभिवृद्धिका लागि लगानी गर्नुपर्ने ठहर गरेको छ ।

    यो समाचार आर्थिक अभियान दैनिकमा छ ।


    बुधवार, माघ ७ २०७७०७:५९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij