Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘केन्द्रीय सदस्य सुन्नु नपरेपनि हुन्थ्यो भएको छ’

‘केन्द्रीय सदस्य सुन्नु नपरेपनि हुन्थ्यो भएको छ’

  • आइतवार, माघ ४ २०७७

  • 1.2K
    SHARES

  • ‘केन्द्रीय सदस्य सुन्नु नपरेपनि हुन्थ्यो भएको छ’

    दाङ – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन्।

    कार्यकर्ता भेला सम्बोधन गर्न दाङ पुगेका नेपालले ओली समूहको केन्द्रीय कमिटीको संख्या आफैमा झमेला भइसकेको बताए ।

    ‘बालुवाटारतिर मान्छे जानै डराउँछन् । पक्रेर केन्द्रीय सदस्य बनाइदिहाल्छन् । कतिलाई केन्द्रीय सदस्य सुन्नु नपरेपनि हुन्थ्यो भएको छ’, नेपालले भने ।

    ओलीले केन्द्रीय सदस्य मनोनित गरेकामध्ये दुई सय जनाले अस्वीकार गरिसकेको नेपालले बताए ।

    एक सयको हाराहारीमा रहेकाहरुले १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको र त्यो संख्या पाँच हजार पुग्ने अध्यक्ष नेपालले बताए । ‘केपी ओलीले जे गरेपनि ठीक भयो भन्ने भारदारहरु छन् । संसद् विघटनलाई पनि ठीक गर्नुभयो भन्ने, पार्टी विभाजनलाई पनि ठीक गर्नुभयो भन्ने’, नेपालले भने ।

    ओलीमा आफू महाराजा बनेको र भारदारहरुबाट प्रशंसा खोज्ने प्रवृत्ति रहेको नेपालले बताए । विधि, विधान र संविधान नमान्ने ओलीले आफूले जे गर्‍यो, त्यही कानुन भन्ने अहंकार रहेको उनको भनाइ थियो । तर एकदिन नाङ्गो राजाको अवस्था आउने उनको चेतावनी थियो ।

    पार्टी, आन्दोलन, संविधान, देश केही पनि भन्ने भस्मासुर प्रवृत्ति ओलीमा रहेको नेपालले आरोप लगाए । प्रतिनिधिसभा विघटन गरेर ओली आफै काम चलाउ सरकारको प्रधानमन्त्री बनेको उनले बताए । यस्तो प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनदेखि दीर्घकालीन महत्वको काम गर्न नमिल्ने नेपालले बताए ।


    आइतवार, माघ ४ २०७७०४:२७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij