Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मौसमको पूर्वानुमान, कस्तो रहला त आज मौसम ?

मौसमको पूर्वानुमान, कस्तो रहला त आज मौसम ?

  • बिहिवार, माघ १ २०७७

  • 1.6K
    SHARES

  • मौसमको  पूर्वानुमान, कस्तो रहला त आज मौसम ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

    महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

    महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको र तराई भूभागमा हल्का हुसु र कुहिरो लागेको जानकारी दिएको छ ।

    यसैगरी आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बदली रहेर देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

    भने, प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ।

    यता, प्रदेश नं १ का एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।


    बिहिवार, माघ १ २०७७०७:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij