Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले भारतीय मिडियासँग भने, ‘भारत र चीनबीचको विवाद नेपालको लेनादेनाको विषय होइन’ (भिडियोसहित)

ओलीले भारतीय मिडियासँग भने, ‘भारत र चीनबीचको विवाद नेपालको लेनादेनाको विषय होइन’ (भिडियोसहित)

  • मंगलवार, पौष २८ २०७७

  • 1.3K
    SHARES

  • ओलीले भारतीय मिडियासँग भने, ‘भारत र चीनबीचको विवाद नेपालको लेनादेनाको विषय होइन’ (भिडियोसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीचको विवाद नेपालका लागि लेनादेनाको विषय नभएको बताउनुभएको छ । हालै जीन्युज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उहाँले दुई देशको मामिलामा नेपालले तटस्थ नीति लिएको स्पष्ट पार्नुभयो ।

    भारत र चीनबीच गलवानमा विवाद हुँदा नेपाल किन हाम्रो पक्षमा नबोलेको ? भन्ने भारतीय पत्रकार सुधीर चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुकबीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी नरहेको बताउनुभयो ।

    झगडामा कुनै एक देशको पक्ष लिनेभन्दा बरु आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ताका लागि मध्यस्थता गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले राख्नुभयो ।

    ‘दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको छ’, ४५ मिनेटभन्दा लामो अन्तवार्तामा उहाँले प्रस्ट पार्नुभयो ।

    प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदी आफूभन्दा उमेरले जेठो भए पनि सार्वभौम सत्ता सम्पन्नताको हिसाबले एउटै श्रेणीको प्रधानमन्त्री रहेको बताउनुभयो ।

    ‘देशको भूगोल सानो–ठुलो हुन सक्छ तर सार्वभौमिकता ठुलो–सानो हुँदैन’, उहाँले भन्नुभयो ।

    दुई देशबीच केही विषयमा बहस भइरहेको जनाउँदै बहस हुनुलाई नराम्रो अर्थमा लिन नहुनेसमेत उहाँले बताउनुभयो ।

    ‘बहस हुनु नराम्रो होइन, बहस स्वच्छ हुनुपर्छ, सत्य पत्ता लगाउनका लागि हुनुपर्छ’, उहाँले थप्नुभयो, ‘बहसले नै सत्यलाई बाहिर ल्याउँछ । बहस नगर्ने हो भने सत्यलाई पत्ता लगाउन सकिँदैन ।’

    प्रधानमन्त्री ओलीले सन् २०२१ लाई नेपाल र भारतको बीचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने दाबीसमेत गर्नुभयो ।
    ‘चीनसँग नेपालको सीमासम्बन्धी कुनै पनि विवाद छैन । भारतसँग भने सानो समस्या रहेको छ । सन् २०२१ मा त्यो पनि समाधान हुन्छ’, उहाँले ठोकुवा गर्नुभयो ।

    जीन्युजको अंग्रेजी संस्करण डब्लुआइओएनमा पल्की शर्मा उपध्यायसँगेको अन्तवार्तामा प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालको समेत आलोचना गर्नुभएको छ । उहाँले प्रचण्ड अस्थिर भएकाले आफूले पटक–पटक धोका खाएको बताउनुभएको छ ।

    अब हेरौं अन्र्तवार्ताको पूरै भिडियो :

     

     


    मंगलवार, पौष २८ २०७७११:४८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij