Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमित थपिए

  • शनिवार, आषाढ २७ २०७७

  • 798
    SHARES

  • गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ ।  गण्डकी प्रदेशका थप १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

    योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि भएको हो ।

    नयाँ संक्रमित हुनेमा तनहुँका ४, स्याङ्जा, बागलुङका ३ र ३, कास्की र म्याग्दीका २ र २ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

    कोरोना देखिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोनो संक्रमणबाट मुक्त हुनेको संख्या ६ सय ३३ पुगेको छ ।

    अहिलेसम्म कोरोना संक्रमणबाट गण्डकीमा मात्रै ४ को मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङका १, गोरखाका १, स्याङ्जाको वालिङका १ र आँधीखोला गाउँपालिकाको पञ्चमुलका ५५ वर्षीय १ पुरुष रहेका छन् ।


    शनिवार, आषाढ २७ २०७७१२:१८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij