Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२५९ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

२५९ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

  • आइतवार, पौष २६ २०७७

  • 746
    SHARES

  • २५९ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

    काठमाडौं ।   नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९१७ पुगेको छ ।

     

     


    आइतवार, पौष २६ २०७७०४:४३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij