Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीको प्रश्न, ‘भारतसँगको सम्बन्धबारे तपाईँकै पालामा किन छलफल हुन्छ भन्ने ?’ (प्रत्यक्ष प्रशारणसहित)

ओलीको प्रश्न, ‘भारतसँगको सम्बन्धबारे तपाईँकै पालामा किन छलफल हुन्छ भन्ने ?’ (प्रत्यक्ष प्रशारणसहित)

  • आइतवार, पौष २६ २०७७

  • 1.2K
    SHARES

  • ओलीको प्रश्न, ‘भारतसँगको सम्बन्धबारे तपाईँकै पालामा किन छलफल हुन्छ भन्ने ?’ (प्रत्यक्ष प्रशारणसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध नबिग्रिएको दाबी गर्नुभएको छ । आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै उहाँले आफूले भारतसँग समदूरीको सम्बन्ध चाहेको स्पष्ट पार्नुभएको छ ।

    ‘बाहिर सम्बन्ध राम्रो छ भन्ने र भित्र–भित्रै शत्रुता कायम गर्ने काम आफ्नो मेरो पालामा भएन’, भातसँगको सम्बन्धबारे उहाँले भन्नुभयो, ‘भारतले भू–भाग हडपेको थाहा छ तर भन्न नसक्ने । सम्बन्ध राम्रै छ भन्ने । सीमासँग समस्या भए खुलस्त छलफल गर्नुपर्छ ।’

    भारतसँगको सम्बन्धका बारेमा आफ्ना पालामा विभिन्न काम भएकाले छलफल र बहस हुनेगरेको प्रधानमन्त्री ओलीको दाबी छ ।

    ‘१९२८ देखि सिँचाइका लागि पानी गइरहेको छ । ९२ र ९३ वर्षबाट पानी गइरहेको छ । भारतसँगको सम्बन्धका बारेमा तपाईँकै पालामा किन बहस हुन्छ भन्ने ?’, उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘हाम्रा खेतमा पानी नहुने । खेत बाजै राख्ने । मौका मिले राष्ट्रवादका ठूला गफ गर्ने । हाम्रो भू–भाग सामेल गरेर नक्सा प्रकाशन गरेपछि सम्बन्ध बिग्रन्छन् । अरुको भूमिमा दाबी गरेमा बिग्रने हो ।’

    यसैबीच, प्रधानमन्त्री ओलीले देश निर्वाचनतर्फ उन्मुख भएको बताउनुभएको छ । उहाँले प्रतिनिधि सभा पाँच वर्ष चल्ने अपेक्षा भए पनि आफ्नै दलका कारण सम्भव नभएको आरोप लगाउनुभयो ।

    ‘हामीले सोचेका थियौं । प्रतिनिधि सभा पाँच वर्ष चल्ने छ । आफूलाई लगातार देश र जनताको सेवा तथा संविधानको रक्षा कार्यान्वयनमा जानेछ भन्ने आशा थियो,’ उहाँले भन्नुभयो ।

    अहिले प्रधानमन्त्री ओली सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइराख्नुभएको छ ।

    हेर्नुहोस् प्रत्यक्ष प्रशारण :


    आइतवार, पौष २६ २०७७०२:१०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij