काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय १२ पुगेको छ।