Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेकपाको दुवै पक्षका आज पनि छुट्टा-छुट्टै कार्यक्रम

नेकपाको दुवै पक्षका आज पनि छुट्टा-छुट्टै कार्यक्रम

  • शनिवार, पौष २५ २०७७

  • 1.3K
    SHARES

  • नेकपाको दुवै पक्षका आज पनि छुट्टा-छुट्टै कार्यक्रम

    काठमाडौं । नेकपाका दुवै पक्षले आज पनि काठमाडौमा छुट्टा-छुट्दै दर्जनौ कार्यक्रमहरुको आयोजना गरेका छन् ।

    कार्यकर्ता भेला तथा प्रशिक्षणका नाममा आयोजना गरिएका सवै कार्यक्रममा केन्द्रीय नेताहरु सहभागी हुने तय भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुनेगरी नेपाल प्रज्ञा प्रतिष्ठानमा बृहत् भेलाको आयोजना गरिएको छ ।

    ओली निकट राष्ट्रिय युवा संघ नेपाल वागमती प्रदेश कमिटीले आयोजना गरेको भेला पूर्व काठमाडौका विभिन्न ठाउँबाट र्‍याली समेत निकालिने भएको छ ।

    नयाँ वानेश्वरमा ११ बजे, माइतीघर मण्डलामा ११ः१५ बजे, सुन्धारामा ११ः३० बजे, जमलमा ११ः४५ बजे भेला भएर र्‍याली प्रज्ञा प्रतिष्ठानको सभा हलमा प्रवेश गर्ने तालिका रहेको छ ।

    कार्यक्रममा सहभागीताका लागि ओली निकट राष्ट्रिय युवा संघ जिल्ला कमिटी भक्तपुरले सुर्यविनायकबाट मोटरसाइकल र्‍याली निकाल्ने भएको छ । काठमाडौमा हुने युवा भेलामा सहभागी हुन उनीहरुले १० बजे र्‍याली निकाल्ने भएका हुन् ।

    ओली निकट नेकपाको महासचिव तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा प्रदेश स्तरीय कार्यकर्ता भेला आयोजना गरिएको छ ।

    ओली निकट नेकपाको लुम्विनी प्रदेश सम्पर्क समन्वय कमिटिले आयोजना गरेको कार्यक्रम दिउसो साढे १२ बजेपछि होटेल हार्दिक, बागबजारमा हुने भएको छ ।

    गृहमन्त्री रामबहादुर थापा (बादल) को प्रमुख आतिथ्यतामा क्षेत्र स्तरीय कार्यकर्ता भेला ड्रिम हाउस जोरपाटीमा आयोजना गरिएको छ ।

    ओली निकट नेकपाको काठमाडौ क्षेत्र नं. ३ ले आयोजना गरेको कार्यक्रम विहान ११ बजेपछि हुने तय भएको छ ।
    ओली निकट नेकपाकै काठमाडौ महानगरपालिका १५ वडा कमिटीले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा बृहत कार्यकर्ता भेला आयोजना गरेको छ ।

    यता, प्रचण्ड माधव निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि देशभरी विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जनाएका छन् ।

    उनीहरुको जिल्ला कमिटी भक्तपुरले नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

    ठिमी ब्याङ्केट नयाँ ठिमी भक्तपुर विहान ११ः०० बजेपछि कार्यक्रम हुने आयोजकले जनाएका छन् ।

    त्यसैगरी प्रचण्ड माधव निकट अखिल नेपाल राष्ट्रिय स्वतत्र विद्यार्थी यूनियन केन्द्रीय समितिले प्रतिनिधि सभा विघटनको असंबैधानिक कदमको विरुद्ध सडक बहस कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नेपाल ल क्याम्पस अगाडी प्रदर्शनी मार्गमा विहान ११ बजेपछि हुने भएको छ ।

    प्रचण्ड माधव पक्षकै नेकपा सम्पर्क समन्वय कमिटीले गोल्डेन लाइट पार्टी प्यालेस मित्र पार्क, चावाहिलमा दिउसो साढे १२ बजेपछि भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

    ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न भन्दै नागरिक अगुवाहरुले पनि माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

    अभियान्ता डा. गोविन्द केसी सहितले अहिंसात्मक नागरिक प्रदर्शन माइतीघर मण्डालामा १२ बजेपछि गर्ने भएका छन् ।


    शनिवार, पौष २५ २०७७०९:१२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij