Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पश्चिमी वायुको प्रभाव कमजोर, आज मौसम सफा रहने

पश्चिमी वायुको प्रभाव कमजोर, आज मौसम सफा रहने

  • शनिवार, पौष २५ २०७७

  • 979
    SHARES

  • पश्चिमी वायुको प्रभाव कमजोर, आज मौसम  सफा रहने

    काठमाडौं । पश्चिमी वायुको प्रभाव कमजोर बनेसँगै देशका धेरैजसो ठाउँको मौसम सफा भएको छ ।

    अहिले प्रदेश १ का केही ठाउँमा बादल र तराईमा कुहिरो लागेको तथा बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    तराइमा लागेको हुस्सु तथा कुहिरो दिउँसो पखबाट हट्ने पनि छ। सामान्य बादल लागेको प्रदेश १ मा पनि पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

    तत्काल मौसमी प्रणाली विकास नभएकाले आउँदो तीन दिन मौसम सामान्यतया सफा रहने छ । यसैबीच आज बिहान काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ ।


    शनिवार, पौष २५ २०७७०८:३१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij