Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आन्दोलन स्थगित गरेका उखु किसानले पाएनन् भुक्तानी

आन्दोलन स्थगित गरेका उखु किसानले पाएनन् भुक्तानी

  • बिहिवार, पौष २३ २०७७

  • 1.1K
    SHARES

  • आन्दोलन स्थगित गरेका उखु किसानले पाएनन् भुक्तानी

    काठमाडौं । सरकारसँग चार बुँदे सहमति गरी आन्दोलन स्थगित गरेका उखु किसानले आठ दिनसम्म कुनै पनि भुक्तानी पाएका छैनन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबीच पुस १४ गते चार बुँदे सम्झौता भएको थियो तर सम्झौतापछि हालसम्म एक पैसा पनि भुक्तानी नपाएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनुभएको छ ।

    सम्झौताअनुसार सम्झौता भएको दिनदेखि २१ दिनभित्र सबै बक्यौता रकम भुक्तानी गराउने मन्त्रालयले प्रतिबद्धता जनाएको थियो तर अहिले पूरै भुक्तानी ठप्प भएको उहाँले जानकारी दिनुभएको छ ।

    बरु आन्दोलन गरिरहेको अवधिमा ३३ करोड किसानको खातामा आएको थियो तर सम्झौता भएको यतिका दिनसम्म किसानको खातामा एक रुपैँया पनि नआएको उहाँले बताउनुभयो ।

    उद्योगीहरुले भने सरकारले आफूहरुको खाता रोक्का गरेकाले भुक्तानी गर्न नसकेको प्रतिक्रिया दिएको संरक्षक मिश्रले बताउनुभएको छ ।

    यता, उद्योग मन्त्रालयले भने भुक्तानी दिनै कै लागि खाता रोक्काले कुनै बाधा नहुने जनाएको छ । उद्योगीलाई भुक्तानी दिन २१ दिन तोकिएकोमा हालसम्म कुनै जानकारी नआएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताउनुभएको छ ।


    बिहिवार, पौष २३ २०७७०७:५५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij