Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेम्वाङलाई थापाको प्रश्न, ‘संविधानको पक्षमा उभिने साहस गर्न किन सक्नुभएन ? तपाईँ किन यति निरिह ?

नेम्वाङलाई थापाको प्रश्न, ‘संविधानको पक्षमा उभिने साहस गर्न किन सक्नुभएन ? तपाईँ किन यति निरिह ?

  • बुधवार, पौष २२ २०७७

  • 1.6K
    SHARES

  • नेम्वाङलाई थापाको प्रश्न, ‘संविधानको पक्षमा उभिने साहस गर्न किन सक्नुभएन ? तपाईँ किन यति निरिह ?

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमप्रति तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निरिहता देखेर आफूलाई दयाँ लागेको बताउनुभएको छ । आज सामाजिक सञ्जालहरुमा स्टाटस लेख्दै उहाँले आफैले बनाएको संविधानमाथि ‘कू’ हुँदैगर्दा पनि नेम्वाङले त्यसविरुद्ध चुइँक्क बोल्न नसकेमा आश्चर्य प्रकट गर्नुभएको छ ।

    ‘म यतिवेला संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर, त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभा समिति अनि कोठादेखि चोटासम्मका बहसका बारेमा थाहा छ’, निवर्तमान सांसदसमेत रहेका थापाले लेख्नुभएको छ, ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर, श्रीमान्, प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन भनेर सन्दर्भसहित जमेर बहस गर्नुहुनेछ ।’

    प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरु हुन लागेका बेला नेता थापाले नेम्वाङको मौनताप्रति असन्तुष्टि जनाउँदै आक्रोश पोख्नुभएको हो ।

    ‘अपसोच उहाँ त कसैले केही सोध्लान कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ’, उहाँको आरोप छ, ‘आफैंले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ ।’

    थापाको स्टाटस यस्तो छ : 

    प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ । म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ ।

    मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर, ’’श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन’’, भनेर सन्दर्भसहित जमेर बहस गर्नुहुनेछ ।
    अपसोच उहाँ त कसैले केही सोध्लान् कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ । आफंैले बनाएको संविधानमा ’’कू’’ हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ’निरिहता’ देख्दा दया लागेको छ ।

    संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।

    Capture.PNG


    बुधवार, पौष २२ २०७७१२:२६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij