Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देशका अधिकांश ठाउँमा बर्षाको संभावना, जाडो थप बढ्ने भएकाले सतर्कता अपनाउन आह्वान

देशका अधिकांश ठाउँमा बर्षाको संभावना, जाडो थप बढ्ने भएकाले सतर्कता अपनाउन आह्वान

  • मंगलवार, पौष २१ २०७७

  • 1.4K
    SHARES

  • देशका अधिकांश ठाउँमा बर्षाको संभावना, जाडो थप बढ्ने भएकाले सतर्कता अपनाउन आह्वान

    काठमाडौं । पश्चिमी वायुको प्रभाव बाँकी नै रहेकोले आज राजधानी लगाएत देशका अधिकांश स्थानमा सामान्य बर्षाको सम्भावना रहेकोे छ ।

    देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्का बर्षको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यस्तै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती र प्रदेश न. १ को पहाडी भू–भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात बुधबार रातिसम्म हुने सम्भावना रहेको छ । बिहीबारदेखि भने मौसम सामान्यतया सफा हुदै जाने महाशाखाको भनाई छ ।

    पश्चिमी हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रम घट्ने भएकाले देशैभर चिसो बढ्ने भन्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    आज विहानको काठमाडौँको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७–१९ डिग्री सेल्सियस पुग्ने अनुमान महाशाखाले गरेको छ ।


    मंगलवार, पौष २१ २०७७०९:५०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij