Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउन ढिलाइ

बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउन ढिलाइ

  • मंगलवार, पौष २१ २०७७

  • 996
    SHARES

  • बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउन ढिलाइ

    काठमाडौं । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । 

    पुस २ गते सरकार-सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया सुरु हुन सकेको छैन । 

    सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतीतपत्र) खोलेर बङ्गलादेश पठाइसकेको जनाइएको छ । नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बङ्गलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ । 

    कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउनुहुन्छ । उहाँका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बङ्गलादेशलाई पठाइसकेको छ ।

    उहाँका अनुसार सरकारी प्रक्रिया सकिएको दश दिनमा रेल र सडकमार्ग हुँदै मल खरिद सुरु गरिनेछ । बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौतानसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ । 

    जिटुजीमार्फत मल ल्याउन गएकाे कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो ।

    मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो । तयारीस्वरुप पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रष्ट्रिज कर्पोरेशनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।

    मौज्दात पर्याप्त  

    धान रोप्ने याममा रासायनिक मल अभाव भए पनि अहिले पर्याप्त मात्रामा मलको मौज्दात छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको भण्डारीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार  कम्पनीसँग अहिले नौ/नौ हजार मेट्रिक टन डीएपी र पोटास तथा आठ हजार मेट्रिक टन युरिया मल मौज्दात छ ।

    चालु आवको बोलपत्रमार्फत कर्पोरेशनले खरिद गरेको मलसमेत पर्याप्त मात्रामा छ । सुरुआती चरणमा कम्पनीको मल बिक्री वितरण हुने तथा मौज्दात सकिँदै गएपछि कर्पोरेशनले खरीद गरेको मलको बिक्री वितरण सुरु हुने उहाँले जानकारी दिनुभयो । 


    मंगलवार, पौष २१ २०७७०८:५१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij