Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अनावश्यक रुपमा कोरोना परिक्षण नगराउन मन्त्रालयको आग्रह

अनावश्यक रुपमा कोरोना परिक्षण नगराउन मन्त्रालयको आग्रह

  • मंगलवार, पौष २१ २०७७

  • 846
    SHARES

  • अनावश्यक रुपमा कोरोना परिक्षण नगराउन मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड परिक्षण निर्देशिका अनुसार मात्र परिक्षण गर्न गराउन निर्देशन दिएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड संक्रमण पुष्टि भएपछि पनि स्वास्थ्यकर्मीको निगरानीमा रहन पनि अनुरोध गर्नुभएको हो ।

    कतिपय व्यक्तिहरु संक्रमण पुष्टि भई स्वास्थ्यमा गम्भीर हुँदासम्म समयमा स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने र अस्पताल नपुग्दा उपचारमा जोखिम आउने अवस्था देखिएको भन्दै यस्तो अनुरोध गर्नुभएको छ ।

    उहाँले भन्नुभयो, ‘यस्तो कार्यले स्रोतसाधनको दूरुपयाग हुनुका साथै सम्बन्धित व्यक्तिमा मानसिक तनावसमेत बढ्न जान्छ। त्यसैले कोभिड संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका व्यक्तिहरु दश दिन पछि बिना परिक्षण स्वास्थ्यका मापदण्ड अपनाई आफ्नो दैनिक जीवनमा फर्कन सक्छन्,।’

    प्रवक्ता गौतमले कतिपय व्यक्तिले अनावश्यक रुपमा परिक्षण गराउने गरेको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको समेत जनाउनुभएको छ ।

    उहाँले संक्रमण पुष्टि भई आइसोलेसन सेन्टरमा भर्ना भई लामो समय बस्ने, पटकपटक परिक्षण गरिरहने र नतिजा नेगेटिभ नआएसम्म डिस्चार्ज गर्ने गराउने कारण नकारात्मक असर परिरहेको समेत बताउनुभयो।


    मंगलवार, पौष २१ २०७७०८:३०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij