Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आवश्यक पर्दा बन्द गर्नेगरी फिल्म हल खुलाउने सिसिएमसीको निर्णय

आवश्यक पर्दा बन्द गर्नेगरी फिल्म हल खुलाउने सिसिएमसीको निर्णय

  • सोमवार, पौष २० २०७७

  • 1.2K
    SHARES

  • आवश्यक पर्दा बन्द गर्नेगरी फिल्म हल खुलाउने सिसिएमसीको निर्णय

    काठमाडौं । कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सिसिएमसी)को बैठकले चलचित्र घर (फिल्म हल)हरु खुल्ला गर्ने निर्णय गरेको छ । आज बसेको सिसिएमसीको बैठकले आवश्यक परेमा बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो ।

    बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँले नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएका सबै क्षेत्रमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताउनुभयो ।

    यस्तै कोरोना भाइरसको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोभिड १९ भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभएको छ ।

    यसअघि जिल्ला प्रशासन कार्यालयले कोभिड मापदण्ड पालना गरेर हल खुलाउने निर्णयसहितको पत्र सिसिएमसीमा पठाइसकेको छ ।
    यद्यपि, पुस १० गतेदेखि चलचित्रकर्मीहरुले एकपक्षीय रुपमा हल खुलाएका थिए । तर, दर्शकको भने फिल्म हलमा नगन्य मात्रामा मात्रै उपस्थिति थियो । गत चैत ११ गते सरकारले लागु गरेको लकडाउनपछि बन्द फिल्म हल बन्द गरिएको थियो ।


    सोमवार, पौष २० २०७७११:५२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij