Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप ७ सय ५० जना कोरोना संक्रमणमुक्त, ६ जनाको मृत्यु

थप ७ सय ५० जना कोरोना संक्रमणमुक्त, ६ जनाको मृत्यु

  • शनिवार, पौष १८ २०७७

  • 683
    SHARES

  • थप ७ सय ५० जना कोरोना संक्रमणमुक्त, ६ जनाको मृत्यु

    काठमाडौं ।  नेपालमा आज थप ७ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ ।

    आज थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।

    ५ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ११ रहेको छ ।

    नेपालमा आज थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८७० पुगेको छ ।


    शनिवार, पौष १८ २०७७०४:२५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij