Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज ३ बजे पत्रकार सम्मेलन गर्दै प्रचण्ड–माधव समूह, थप आन्दोलनका कार्यक्रम घोषणा हुँदै

आज ३ बजे पत्रकार सम्मेलन गर्दै प्रचण्ड–माधव समूह, थप आन्दोलनका कार्यक्रम घोषणा हुँदै

  • शनिवार, पौष १८ २०७७

  • 1.0K
    SHARES

  • आज ३ बजे पत्रकार सम्मेलन गर्दै प्रचण्ड–माधव समूह, थप आन्दोलनका कार्यक्रम घोषणा हुँदै

    काठमाडौं । संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आज आन्दोलनका थप कार्यक्रम घोषणा गर्न लागेको छ ।

    आन्दोलनका लागि यसअघि नै संघर्ष समिति घोषणा गरिएकोमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत थप कार्यक्रम घोषणा गरिने भएको हो ।

    यसअघि नेकपाले पुस १४ मा देशव्यापी प्रदर्शन गरेको थियो । पुस १७ मा सबै प्रदेशका बैठक समेत सम्पन्न भएका थिए ।

    आज संघर्ष समितिको बैठक दुई बजे बस्ने र त्यसपछि पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समिति संयोजक नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

    नेकपाले यो बीचमा कांग्रेस र अन्य दलसँग मिलेर संयुक्त आन्दोलनका लागि प्रयास गरे पनि कांग्रेसभित्र स्पष्ट मत जुट्न नसक्दा नेकपाले एक्लै आन्दोलन गर्ने भएको हो ।

    यता, प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज पनि विभिन्न ठाउँमा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मातहतका विभिन्न निकायहरुलाई परिचालन गरेर केन्द्रीय नेताहरु समेत सहभागी हुनेगरी छुट्टा–छुट्टै विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।

    काठमाडांैको प्रज्ञा प्रतिष्ठानमा दिउसो १ बजेपछि हुने कार्यक्रममा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

     


    शनिवार, पौष १८ २०७७०२:०७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij