काठमाडौं । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना भाइरस महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाको जुलुस भृकुटीमण्डपदेखि रत्नपार्कस्थित शान्तिवाटिकामा कोणसभामा परिणत भएको छ ।

प्रदर्शनमा राप्रपाको झण्डासँगै राष्ट्रिय झण्डा र हिन्दू धर्मसँग जोडिएका विभिन्न समूहका झण्डा लिएर प्रदर्शनकारी सहभागी छन् ।

प्रदर्शनपछिको सभालाई राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेपछि अहिले राजावादीहरु उत्साहित भएका छन् । त्यसैको, परिणामस्वरुप राप्रपाको प्रदर्शनमा उल्लेख्य सहभागिता देखिएको विश्लेषण गरिएको छ ।
तस्बिरहरु : प्रवक्ता श्रेष्ठको ट्विटर !