नेपाली सेनाको भद्रकालीस्थित मैदानको भीभीआईपी प्यारापिटमुनि रहेको २ वटा खेलाडीहरुको चेन्जिङ रुम, रेफ्रिहरुको लागि कोठा र मैदानको लेभल मिलाउने काम सम्पन्न गरेर नेपाल फुटबल संघ एन्फाले आज (शुक्रबार) आर्मी हेडक्वार्टरलाई हस्तान्तरण गरेको छ । एन्फाले निर्माण कार्यमा १५ लाख रुपैयाँ खर्च गरेको हो ।
विश्वकप फुटबल २०२२ को छनोट खेलका लागि नेपाल आउने टोलीले अब अभ्यासका लागि भद्रकालीस्थित नेपाल आर्मीको मैदान प्रयोग गर्न पाउने भएका छन् ।
अन्तर्राष्ट्रिय मापदण्ड पुर्याएर सो मैदानमा आवश्यक संरचना निर्माण गरिएको एन्फाले जनाएको छ । सो संरचना एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानसेनापति पुर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् । सम्झौतापत्रमा प्रधानसेनापति थापा र एन्फा अध्यक्ष शेर्पाले हस्ताक्षर गरेका छन ।
सम्झौताअनुसार आर्मीले विश्वकप छनोटका खेलका लागि नेपाल आएका खेलाडीहरुले अभ्यासका लागि आर्मी हेडक्वार्टर भद्रकालीस्थित मैदान उपलब्ध गराउने भएको हो ।