Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिन थपिए २६ हजार बढि कोरोना संक्रमित

भारतमा एकैदिन थपिए २६ हजार बढि कोरोना संक्रमित

  • शुक्रवार, आषाढ २६ २०७७

  • 676
    SHARES

  • भारतमा एकैदिन थपिए २६ हजार बढि कोरोना संक्रमित

    भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । संक्रमितको संख्या बढ्दै जानेक्रममा एकैदिन २६ हजारभन्दा बढीमा संक्रमणको पुष्टी भएको हो ।
    सरकारी अधिकारीहरुले आज दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५ सय ६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सबैभन्दा धेरै हो ।
    कोरोनाका कारण एकैदिनमा ४ सय ७५ जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यासँगै कोरोना कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६ सय ४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    अहिलेसम्म भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ७ लाख ९३ हजार ८ सय २ पुग्दा २ लाख ७६ हजार ६ सय ८५ जना संक्रमित अवस्थामै रहेका छन् भने ४ लाख ९५ हजार ५ सय १३ जना संक्रमणमुक्त भएका छन् ।


    शुक्रवार, आषाढ २६ २०७७०१:५१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij