Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संविधानअनुसार नै संसद विघटन, पुनः स्थापना हुदैँन : प्रधानमन्त्री

संविधानअनुसार नै संसद विघटन, पुनः स्थापना हुदैँन : प्रधानमन्त्री

  • बुधवार, पौष १५ २०७७

  • 1.3K
    SHARES

  • संविधानअनुसार नै संसद विघटन,  पुनः स्थापना हुदैँन : प्रधानमन्त्री

    काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुनःस्थापना हुन नसक्ने बताउनु भएको छ ।

    आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा ओलीले संविधानअनुसार विघटित प्रतिनिधिसभा पुनःस्थापना नहुने बताउनुभएको हो ।

    अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने ओलीको भनाइ थियो । उहाँले अहिले मुलुकमा राजतन्त्र नभएकाले यी उपलब्धिमाथि खतरा नभएको उल्लेख गर्नुभएको छ ।

    यस्तै उहाँले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने तर्फ रहेकोपनि बताउनुभयो । आफूले मित्रताको अंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रले जस्तो अंगालो मारेको उहाँको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्झौता गर्दा गर्दा हैरान भएकोपनि बताउनुभयो । यस्तै प्रचण्डसंगको सम्झौताले एउटा ब्रिफकेस नै भरिएको ओलीको भनाइ छ ।

    ओलीले प्रचण्ड–नेपाल समूहलाई निर्वाचनमा भाग लिएर केही सिट ल्याउन आग्रह गर्नुभएको छ । उहाँले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको टिप्पणी पनि गर्नुभएको छ ।

    भेलामा उद्योगमन्त्री लेखराज भट्टले ‘प्रचण्ड’ले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउँदै आएको आरोप लगाउनुभएको छ । उहाँले प्रचण्डले केटाकेटीपन देखाएको समेत बताउनुभएको छ ।

    यसैबीच, नेकपाको दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव नगराउने र सत्ताबाट पनि हट्ने दाबी गर्नुभएको छ ।

    आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर देश संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको पुनको टिप्पणी छ ।


    बुधवार, पौष १५ २०७७०६:३४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij