Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८ जनाको मृत्यु

थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८ जनाको मृत्यु

  • मंगलवार, पौष १४ २०७७

  • 949
    SHARES

  • थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८ जनाको  मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

    योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४० पुगेको छ ।

    कहाँ कति थपिए ?

    मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमित थपिएका छन् ।

    प्रदेश १ मा ४१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । जसमा उदयपुरमा एक, झापाका ४, भोजपुरमा एक, मोरङमा २१ र सुनसरीमा १४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    यस्तै प्रदेश २ मा ३ जना संक्रमित थपिएका छन् । जसमा धनुषाका २ जना र रौतहटका एक जना थपिएको मन्त्रालयले जनाएको छ ।

    यसैगरी गत २४ घण्टाको अवधिमा वाग्मती प्रदेशमा ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३२४, काभ्रेमा ७, चितवनमा १४, धादिङमा ६, नुवाकोटमा ७, भक्तपुरमा २२, मकवानपुरमा ७, रामेछापमा एक, ललितपुरमा ५२ र सिन्धुपाल्चोकमा २ जना थपिएका हुन ।

    मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा २७ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमा कास्कीमा १९, गोरखामा एक, तनहुँमा एक, नवलपरासी पूर्वमा ५ र लमजुङमा एक जना थपिएका हुन ।

    त्यसैगरी लुम्बिनी प्रदेशमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ४, दाङमा १६, नवलपरासीमा ५, पाल्पामा १०, बर्दियामा ११, बाँकेमा ३८, रुकुम पूर्वमा एक, रुपन्देहीमा ३७ र रोल्पामा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    यसैगरी कर्णाली प्रदेशमा ८ जनामा संक्रमित थपिएका छन् । जसमा जाजरकोटका एक र सुर्खेतका ७ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा अछाममा एकजना, कंचनपुरमा १६, कैलालीमा २६, डडेल्धुरामा ३, बझाङमा ५ र बैतडीमा ४ जना संक्रमित थपिएका हुन ।


    मंगलवार, पौष १४ २०७७०७:१७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij