Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

  • सोमवार, पौष १३ २०७७

  • 1.3K
    SHARES

  • थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ७१८ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५० हजार ५८१ पुगेको छ ।काठमाडौं उपत्यकामा १११ महिला र १६७ पुरुष गरी जम्मा २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जना संक्रमित थपिएका हुन ।

    आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको छ ।

    यस्तै, मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको जानकारी दिएको छ । जसमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिनुभयो । महाशाखाले सोमबार मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ ।


    सोमवार, पौष १३ २०७७०५:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij