सन् २००३ मा देखिएको सार्स भाइरस र हाल महामारीको रुप फैलिरहेको कोभिड १९ एउटै प्रकृतिका भाइरस हुन् । सार्स कोभिड र कोभिड १९ दुइवटै कोरोना भाइरस भए पनि लक्षण र संक्रमणका आधारमा फरकफरक छन् ।

यस्तो छ फरक
कोभिड १९ र सार्स कोभिड दुवै कोरोना समुहका भाइरस भएकाले संक्रमणको प्रकृति र अधिकांश लक्षण उस्ताउस्तै देखिए पनि यी दुई फरक भाइरस हुन् । सार्स कोभिडको तुलनामा कोभिड १९ निकै खतरनाक भाइरस मानिएको छ । कोभिड १९ को संक्रमण भएकामध्ये करिब २० प्रतिशत् बिरामीलाई अत्याधुनिक मेडिकल उपचार आवश्यक हुन्छ । सार्स कोभिडका २० देखि ३० प्रतिशत् बिरामीमा सिभियर हुने सम्भावना रहन्छ । कोभिड १९ को संक्रमितको मृत्युदर २ देखि ३ प्रतिशत् रहेको छ । यो भाइरस बाह्य वातावरण, भौतिक दूरी र व्यक्तिको शारीरिक अवस्थामा आधारमा प्रभावित हुने गर्छ ।
सार्स कोभिडको तुलनामा कोभिड १९ छिटो फैलिने र शरीरमा तीव्र रुपमा असर गर्ने भएकाले यसको मृत्युदर बढी रहेको छ । रोग नियन्त्रण केन्द्रका अनुसार, कोभिड १९ का बिरामीमा लक्षण नदेखिन सक्ने वा सिभियर भइसकेपछि मात्र लक्षण देखिने भएकाले समेत मृत्युदर दिनानुदिन बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार, जिनका आधारमा सार्स कोभिड र कोभिड १९ ७९ प्रतिशत् एकअर्कासग मेल खान्छन् । सार्स कोभिड २००४ देखि नदेखिए पनि कोभिड १९ लामो समयसम्म रहन सक्ने अनुमान गरिएको छ ।
(एजेन्सीको सहयोगमा)