Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

  • शुक्रवार, पौष १० २०७७

  • 702
    SHARES

  • थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको  मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।आज थप ८ सय ९२ जना कोरोना संक्रमणमुक्त भएका छन ।

    पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

    यसैबिच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना महामारीका बेला सरकारले पर्याप्त सूचना प्रवाह गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    कोरोनाबारे सरकारले सही सूचना नदिएको भन्ने आलोचना भइरहेका बेला अख्तियारले सरकारलाई यस्तो सुझाव दिएको हो ।


    शुक्रवार, पौष १० २०७७०७:०६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij