Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्से ७ अङ्कले बृद्धि

नेप्से ७ अङ्कले बृद्धि

  • बुधवार, पौष ८ २०७७

  • 1.1K
    SHARES

  • नेप्से ७ अङ्कले बृद्धि

    काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधबार (आज) सात अङ्कले बढेको छ । बैंक र जीवन बीमा समूहको शेयर उकालो लागेपछि नेप्से ७ दशमलव शून्य ४ अङ्कले बढेर दुई हजार ६८ दशमलव ४५ विन्दुमा पुगेको हो ।

    बुधबार बैंकिङ समूहको शेयर २४ अङ्कले र जीवन बीमा समूहको शेयर ३ सय ९४ अङ्कले बढेको छ । जलविद्युत्, होटल, व्यापार, माइक्रो फाइनान्स, उत्पादनलगायतका अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

    बुधबार दुई सय तीन कम्पनीका एक करोड १५ लाख ५८ हजार कित्ता शेयर ६ अर्ब ८६ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक अर्ब ४३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यो कुनै पनि कम्पनीको एकै दिन भएको कारोबारमध्ये अहिलेसम्मकै धेरै हो ।

    बुधबार नबिल बैंक र समृद्धि फाइनान्सका शेयरधनीले नाै प्रतिशतभन्दा धेरैका दरले कमाएका छन । युनाइटेड मर्दी हाइड्रो र नारायणी विकास बैंकका शेयरधनीले भने नाै प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन।  


    बुधवार, पौष ८ २०७७०६:२४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij