Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मेसीले तोडे पेलेको यो कीर्तिमान

मेसीले तोडे पेलेको यो कीर्तिमान

  • बुधवार, पौष ८ २०७७

  • 1.2K
    SHARES

  • मेसीले तोडे पेलेको यो कीर्तिमान

    एजेन्सी । कप्तान लियोनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका हुन् ।

    अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तानसमेत रहेका मेसीले गएराति बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३–० ले पराजित गर्दा एक गोल गरेका थिए । सो गोलमार्फत मेसीले उक्त कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।

    मेसीले अघिल्लो खेलमा पनि भ्यालेन्सियाविरुद्ध एक गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका थिए ।

    ३३ वर्षीय मेसीले ६५औं मिनेटमा पेड्रीको ब्याकहिल पासमा गोल गरेका थिए । त्यसअघि क्लेमेन्ट लेङलेटले २१औं र मार्टिन ब्रेथवेइटले ३५औं मिनेटमा गोल गरेका थिए ।

    जितपछि १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना ला–लिगाको पाँचौ स्थानमा यथावत नै छ । शीर्ष स्थानको एट्लेटिको म्याड्रिडभन्दा बार्सा अझै ८ अंकले पछि छ ।

    पेलेले सान्तोसका लागि १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए । मेसीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।


    बुधवार, पौष ८ २०७७११:२७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij