Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा ७२२ कोरोना संक्रमित थप, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७२२ कोरोना संक्रमित थप, ३ जनाको मृत्यु

  • मंगलवार, पौष ७ २०७७

  • 706
    SHARES

  • पछिल्लो २४ घण्टामा ७२२ कोरोना संक्रमित थप, ३ जनाको मृत्यु

    काठमाडौँ l  नेपालमा पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ७२९रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४५ हजार ७०९ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

    योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७९८ पुगेको छ ।


    मंगलवार, पौष ७ २०७७०४:५७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij