काठमाडौं । आज सुन-चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य तोलाको ९४ हजार ९ सय कायम गरेको छ ।
सोमबार तोलाको ९५ हजार २ सय तोकिएको थियो । तोलामा ३ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै घटेर ९४ हजार ४ सय कायम गरिएको छ ।
चाँदी पनि तोलामा ५ रुपैयाँले सस्तिएको छ । महासंघले आजका लागि चाँदीको मूल्य तोलाको १३ सय १५ रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको १३ सय २० थियो ।