काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को इतिहासमै पहिलोपटक पूँजीबजारलाई हेर्ने गरी छुट्टै उपसमिति गठन भएको छ ।
अम्बिकाप्रसाद पौडेलले एशोसिएटतर्फबाट महासंघको कार्यकारिणी सदस्यमा सर्वाधिक मतसहित जित हासिल गरेपछि उहाँकै सक्रियतामा पहिलोपटक पूँजीबजारको क्षेत्रमा समेत काम गर्ने गरी फोरम बनेको हो । पौडेल नेपाली पूँजीबजारका सक्रिय लगानीकर्ता हुनुहुन्छ ।

एफएनसिसिआई सचिवालयमा आयोजित एक विशेष समारोहमा अध्यक्ष शेखर गोल्छाले विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्रसहित औपचारिक पत्र हस्तान्तरण गर्नुभएको थियो ।
यसरी गठन भएका उपसमिति तथा फोरमहरुमध्ये पूँजीबजार फोरम पनि एक हो । उपसमितिकै हैसियतमा काम गर्ने गरी बनेको यो फोरमको सभापति पौडेल चयन हुनुभएको हो ।
‘उद्योग वाणिज्य महासंघको इतिहासमै पहिलोपटक पूँजीबजारसँग सम्बन्धित फोर बनेको छ’ सभापति चयन भएपछि पौडेलले भन्नुभयो, ‘अब यसमा ८ जना सदस्य मनोनयन गरी पूर्णता दिनेछु ।’
एफएनसिसिआई निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था हो ।